विश्वकप फुटबल: अर्जेन्टिनाको नकआउट चरण प्रवेशको सम्भावनालाई कायमै

एजेन्सी । अर्जेन्टिनाले विश्वकप २०२२ को नकआउट चरण प्रवेशको सम्भावनालाई कायमै राखेको छ ।

लियोनल मेसी र एन्जो फर्नान्डेजले दोस्रो हाफमा गोल गरेपछि अर्जेन्टिनाले कठिन खेलमा मेक्सिकोलाई २–० ले पराजित गर्दै उक्त सम्भावना कायमै राखेको हो ।

मेक्सिकोविरुद्ध पहिलो हाफ कमजोर प्रदर्शन गरेको लियोनल स्कोलानीको अर्जेन्टिना दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गर्न सफल भएको थियो ।

८८ हजार ९ सय ६६ समर्थकबीच मेसीले खेलको ६४औं मिनेटमा अग्रता दिलाएका थिए । एन्जल डि मारियाको पासमा मेसीले सेकेन्ड टचमै बक्स बाहिरबाट बललाई जाली चुमाएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here