विश्वकप फुटबल: घानाको रोमाञ्चक जित, नकआउटको सम्भावना कायमै

काठमाडौं । विश्वकप फुटबलमा घानाले रोमाञ्चक जित निकालेको छ । सोमबार राति भएको खेलमा घानाले दक्षिण कोरियालाई ३–२ ले पराजित गरेको हो ।

खेलमा घानाले मध्यान्तरसम्म २–० ले अग्रता लिएकामा कोरियाले कमब्याक गर्दै २ गोल नै फर्कायो । 

बराबरीतर्फ अगागि बढिरहँदा ६८ औं मिनेटमा माहेम्मद कुदुसले गोल गर्दै घानालाई जिताए । जितसँगै घानाको नकआउटको सम्भावना कायम राखेको छ।

कोरियासँग पराजित भए एक खेल अघि नै समूह चरणबाट बाहिरिने अवस्थामा पुगेको घानाले दबाबकाबीच सुखद नतिजा हात पारेको हो।

अब अन्तिम खेलमा घानाले उरुग्वेसँग खेल्ने छ। पहिलो खेलमा पोर्चुगलसँग पराजित भएको थियो।