विश्वकप फुटबलः ब्राजिल र पोर्चुगल नकआउट चरणमा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप कतार–२०२२ सोमबार राति खेलिएका दुई भिन्न खेलमा विजयी हुँदै उपाधिको दावेदार मानिएका ब्राजिल तथा पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन् ।

सोमबार राति ९:४५ मा स्विट्जरल्यान्डसँग ब्राजिल १–०ले विजयी भएको थियो। खेलको ८३ औं मिनेटमा ब्राजिलका लागि क्यासेमिरोले गरेको खोल जितका लागि निर्णायक भएको थियो।

स्विटजरल्यान्डले केही मौका पाए पनि गोल फर्काउन भने सकेन। 

यससँगै एक खेल बाँकी रहँदै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको हो। समूह ‘जी’मा ब्राजिल ६ अंकसहित शीर्षस्थानमा छ। यो समूहमा स्विट्जरल्यान्डको २ खेलमा ३ अंक तथा क्यामरुन र सर्बियाको समान १/१ अंक रहेको छ। 

पोर्चुगल पनि एक खेल बाँकी रहँदै अन्तिम १६ मा पुगेको छ। मध्यराति १२:४५ मा भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २–० गोलले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान बनाएको हो। 

पोर्चुगलका ब्रुनो फर्नान्डेजले खेलको ५४ औं मिनेट र अन्तिम इन्जुरी समयमा गरी दुई गोल गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here