प्रतितोला ५ सयले बढ्यो सुनको भाऊ, चाँदीमा पनि वृद्धि

काठमाडौं, १५ मंसिर । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढ्दै प्रतितोला ५ सय रुपैयाँ बढेर ९८ हजार १ सय रुपैयाँ पुगेको हो ।

बिहीबार चाँदीको मूल्यमा पनि ठुलो वृद्धि देखिएको छ । बुधबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here