प्रधानमन्त्रीको लागि कांग्रेसभित्र द्वन्द्व हुने निश्चित, कोइराला भन्छन्-‘चाहनाले मात्रै कोही प्रधानमन्त्री हुँदैन’

काठमाडौं । सरकारको नेतृत्वको लागि नेपाली कांग्रेसभित्र नै द्वन्द्व हुने देखिएको छ ।

प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य डा.शेखर कोइराला दावेदारको रुपमा देखिएका छन् ।

चार जनामा एकले अर्कालाई सहजै स्वीकार गर्न सक्ने अवस्था देखिएको छैन् । यस विषयमा देउवा मौन देखिएका छन् भने वरिष्ठ नेता पौडेलले प्रधानमन्त्रीमा आफ्नो दाबेदारी स्वभाविक रहेको बताउँदै आएका छन् ।

पार्टीभित्र आन्तरिक सल्लाह हुन बाँकी रहेपनि अहिलेको परिस्थिति देशले एक पटक नयाँ टेष्ट गर्नुपर्ने मान्छे म मात्र रहेको पौडेले दावी गर्दै आएका छन् ।

गगन थापाले भने उम्मेदवारी घोषणा गर्दा नै प्रधानमन्त्रीमा आफ्नो दाबेदारी दावी गरेका छन् । युवा पुस्तामा उनको चाहाना अत्याधिक रहेपनि थापाको सम्भावना भने कम देखिएको छ ।

थापाले प्रधानमन्त्री पाएको खण्डमा अघिल्ला पुस्ताका वृद्ध नेताहरुको राजनीतिक सकिने आंकलन उनिहरुमा रहेको छ ।

सकेसम्म आफूमा नै सहमति जुटाउने र यदी नसकेको खण्डमा पौडेल वा कोइरालालाई समर्थन गर्ने मनसाय देउवाले बनाएका स्रोतको दावी छ ।

कोइरालाले कसैले प्रधानमन्त्री हुने चहाना राख्दैमा पूरा हुन नसक्ने बताएका छ्न। विराटनगर महानगरपालिका ९ स्थित कोइराला निवासमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘प्रधानमन्त्री हुन कसैले चाहँदैमा मात्रै हुँदैन। संसदीय व्यवस्थामा नम्बर गेम पनि हुन्छ। पहिले संसदीय दलको नेता हुनुपर्यो नि!’, उनले भने, ‘यसबारेमा हाम्रो पार्टीमा अहिलेसम्म कुरै भएको छैन। पहिले त यसमा हामी कुरा गर्छौँ। सभापति (शेरबहादुर देउवा, वरिष्ठ नेता (रामचन्द्र पौडेल) र अरु नेतासँग पनि हामी कुरा गर्छौँ। त्यसपछि मात्रै दलको नेता र प्रधानमन्त्री को बन्ने निर्क्योल हुन्छ।’

कोइरालाले निर्वाचन भइसकेर नतिजा आइसकेको अवस्थामा अब यो वा त्यो भनेर अल्झिरहनुको अर्थ नरहने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here