स्याङ्जा–२ मा धनराज गुरुङको फराकिलो अग्रता

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र- २ मा मतगणनामा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् ।

नेकपा नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई पछि पार्दै गुरुङले अग्रता लिएका हुन् ।

गुरुङले ९ हजार ६१३ मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी अर्यालले सातहजार ६४ मत पाएकी छन् । 

उनी दुईहजार ५४९ मतले पछाडि छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले तीनहजार ७७२ मत ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here