जापान र स्पेन नकआउट चरणमा, जर्मनी समूहचरणबाटै बाहिरियो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् । 

समूह चरण अन्तर्गत आज भएका अन्तिम खेलपछि छ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने चार अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान चार अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।

समूह चरणको अन्तिम खेलमा ४-२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरियो ।

स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो । 

नकआउटमा अब जापानले क्रोएसियाको सामना गर्दा स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्ने छ।

जर्मनी लगातार दोस्रो विश्वकपमा समूहचरणबाटै घर फर्किएको हो। यसअघि पनि जर्मनीले समूहचरण पार गर्न सकेको थिएन। जापानले पहिलो खेलमा जर्मनीलाई २-१ ले पराजित गर्दा दोस्रो खेलमा भने कोस्टारिकासँग जापान हारेको थियो। तर अन्तिम खेलमा स्पेनलाई पाखा लगाउँदा जापान सनसनीपूर्ण नतिजा सहित नकआउटमा प्रवेश गर्‍यो।

खेलमा कोस्टारिकाले जर्मनीविरुद्ध अग्रता लिएको थियो। तर जर्मनीले खेलमा पुनरागमन गर्दा स्पेन जोगियो। यदि जर्मनी पराजित भएको भए स्पेन पनि समूह चरणबाट बाहिरिने थियो।

जर्मनीले १० औ मिनेटमानै सेर्जी जिनाब्रीको गोलमार्फत खेलमा अग्रता लिएको थियो। तर ५८ औ मिनेटमा येल्सिन तेजेडाले गोल गर्दै कोस्टारिकालाई बराबरीमा ल्याए। ७० औ मिनेटमा जआन पाब्लोको गोलमा कोस्टारिकाले २-१ को अग्रता बनायो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here