‘घण्टी’ ले कटायो ११ लाख २२ हजार मत , समाजवादी राष्ट्रिय दल बन्न संघर्षरत

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत समानुपातिकतर्फ कूल १ करोड ४ लाख ३ हजार ९४२ मतगणना गरिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षमा कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ।

समानुपातिकतर्फ भने एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ।

शनिवार बिहान १० बजेसम्मको गणना अनुसार एमाले २७ लाख ८३ हजार ८५ मतसहित शीर्ष स्थानमा रहेको छ ।

नेपाली कांग्रेसले २६ लाख ५२ हजार २९३ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ८७८ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २२ हजार ९६६ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २५१ मत पाएको छ । यस्तै जसपाले ४ लाख २० हजार ९४२ मत पाएको छ ।

जनमत पार्टीले ३ लाख ९४ हजार ३८४ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार ९३ मत ल्याएको छ ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २७१, नेपाल मजदूर किसान पार्टीले ७५ हजार ४९ मत प्राप्त गरेका छन्।

राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न ३ प्रतिशत मतको थ्रेस होल्ड कटाउनुपर्ने हुन्छ ।