स्याङ्जा-२ मा कांग्रेसका धनराज गुरुङको जित सुनिश्चित

काठमाडौं । स्याङ्जाको क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको जित सुनिश्चित भएको छ ।

गुरुङले २९ हजार ५ सय ६६ र अर्यालले २३ हजार ५९१ मत प्राप्त गरेका छन् । अब गणना गर्न बाँकी मत ४ हजार ८ सय ७१ छ । गुरुङ नेकपा एमालेका उम्मेदवार पद्मा अर्यालभन्दा ५ हजार ९ सय ७५ मतले अगाडि छन् ।

स्याङजा–२ मा मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि १० दिनसम्म गणना रोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here