हर्कको प्रस्ताव-‘कथाले माग्यो अब, बालेनलाई घेराबन्दीमा पारे, स्वतन्त्रबाट जितेका एक हौं’

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले देशभर स्वतन्त्रबाट जितेका जनप्रतिनिधिलाई एक हुन् आह्वान गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पारिएको भन्दै उनले स्वतन्त्रहरू एक हुने समय आएको बताएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर शाहविरूद्धको घेराबन्दी निन्दनीय रहेको भन्दै साम्पाङले स्वतन्त्रहरु एक हुने बेला आएको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्-‘कथाले माग्यो अब, स्वतन्त्रहरु एक बन्ने बेला आएको छ, स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ, यो बेला अरुले साथ देऊन नदेऊन तर मेरो साथ रहनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here