स्याङ्जा २ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित

काठमाडौं । स्याङ्जा–२ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन्।

कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएका हुन्।

उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन्।

यो क्षेत्रबाट २०७४ सालमा एमालेबाट अर्याल नै निर्वाचित भएकी थिइन् । ०७४ मा बाम गठबन्धनबाट उम्मेदवार भएकी अर्यालले कांग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठलाई झन्डै ३६ सय मतान्तरले पराजित गरेकी थिइन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here