काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा शंकास्पद वस्तु राखिएको फेला परेको छ।
भक्तपुरको लोकन्थलीस्थित बास्कोटाको घरमा शंकास्पद वस्तु फेला परेको हो । घरको पेटीमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु भेटिपछि प्रहरीको टोली सो स्थानमा पुगेको छ ।
बास्कोटा भने काभ्रेस्थित आफनै घरमा रहेका छन्। यसअघि बास्कोटाको घर बन्दै गर्दा २०७६ फागुनमा बम विष्फोट भएको थियो ।