आईसीसी क्रिकेट विश्वकप लिग २: नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित

काठमाडौं । नामिबियामा चलिरहेको आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नेपाललाई तीन विकेटले हराएको छ । 

नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा भएको खेलमा नेपालले दिएको १३८ रनको झिनो लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टाएसँगै नेपाल पराजित भएको हो ।

नेपालका लागि गुलसन झाले सर्वाधिक २९ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्लले २५, अर्जुन साउदले १८, रोहित पौडेलले १७ र आरिफ शेखले १० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस सोलले तीन विकेट लिए । 

स्कटल्याण्डका लागि क्रिस्टोफर मकब्राइडले सर्वाधिक ४३ रन बनाए । त्यस्तै, ब्राण्डन मकमुलनले नट आउट ३२ रन बनाए ।

यसअघि शुक्रबार नेपालले नामिबियासँग खेलेको थियो । वर्षाका कारण उक्त खेल रद्द भएपछि दुबै टोलीले समान एक अंक बाँडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here