विश्वकप फुटबल: फ्रान्स र इंग्ल्याण्ड क्वाटरफाइनलमा, एकअर्कासँग भिड्ने

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

राउन्ड अफ १६ अन्तर्गत आइतबार राति भएको खेलमा पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

अल थुमामा स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्दा ओलिभर जेरुडले एक गोल गरे । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।
 
यस्तै, अल बयात स्टेडियममा आइतबार राति भएको खेलमा सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्याण्ड अन्तिम आठमा पुगेको हो । इङ्ग्ल्याण्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक एक गोल गरे ।

योसँगै क्वार्टरफाइनलमा इङ्ग्ल्याण्ड र फ्रान्सबीच भिडन्त हुने भएको छ। यसअघि नै नेदरल्याण्ड्स र अर्जेन्टिनाले क्वार्टरफाइनलमा आफ्नो भिडन्त तय गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here