कोरियालाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा, अबको भेट क्रोएसियासँग

काठमाडौं । ब्राजिल जारी कतार विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ। पाँचपल्टको विश्व च्याम्पिन ब्राजिल दक्षिण कोरियामाथि ४-१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलका लागि भिनिसियस जुनियर, नेयमार, थियागो सिल्भा र लुकास पाक्वेटाले गोल गरे । यता, दक्षिण कोरियाका लागि भने पाइक सुएङ होले एक गोल फर्काए । 

अब ब्राजिलले सेमिफाइनल प्रवेशका लागि क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ। जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here