पेनाल्टी सुटआउटमा पराजित हुँदै जापान नकआउट चरणबाट बाहिरियो

काठमाडौं । जापान कतार विश्वकपमा विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ। क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै जापान बाहिरिएको हो ।

पेनाल्टी सुटआउटमा जापानका तीन खेलाडीको प्रहारलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले बचाएपछि जापान स्तब्ध बनेको हो।

क्रोएसियाले पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्‍यो। जारी विश्वकपमा नकआउट चरणमा पहिलो पटक खेलको निर्णय पेनाल्टी सुटआउटबाट तय भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here