विश्वकप फुटबल: पोर्चुगल र मोरक्को क्‍वाटरफाइनलमा, स्पेन बाहिरियो

काठमाडौं । पोर्चुगल र मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ क्‍वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रि-क्‍वाटरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

अर्को खेलमा स्पेनलाई पराजित गर्दै मोरक्को क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । मोरक्कोले स्पेनलाई टाइब्रेकरमा ३-० गोलअन्तरले पराजित गर्दै क्‍वाटरफाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।

स्वीट्जरल्याण्डका लागि ५८औँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here