परिजिता बास्तोलाको ‘अमेरिकी द भ्वाइस’ को यात्रा टुंगियो

काठमाडौं । नेपाली मूलकी परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को सेमिफाइनलबाट बाहिरिएकी छिन् ।

कम भोटको आधारमा परिजिता अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको हो । नेपाली समयानुसार बुधवार बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए हुन् । मोर्गन माइल्ज, ब्रीस लेदरउड, ब्राइडन लेप, ओमार जोस कार्डोना अन्तिम पाँचमा प्रवेश गरेका छन् ।

यी पाँचमध्ये एकले द भ्वाइसको उपाधि जित्नेछन् । परिजितालाई नेपाली मूलका कलाकार र समुदायले भोट दिन आग्रह गर्दै अभियान चलाएका थिए ।

परिजिता द भ्वाईस प्रतियोगितामा सहभागी हुने पहिलो नेपाली मूलकी अमेरिकन हुन् ।

द भ्वाईसलाई संसारकै उत्कृष्ट गायन रियालिटी शोको रूपमा लिइन्छ। नेपालमा समेत यसको फ्रेन्चाईजी शो ‘द भ्वाईस अफ नेपाल’ निकै चर्चित रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here