काठमाडौं महानगरपालिकाले १५ सय रुपैयाँमा कम्पोष्ट बिन वितरण गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई मल बनाउन अब कम्पोष्ट बिन वितरण गर्ने भएको छ । यसले फोहर न्यूनीकरणमा सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ ।

महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने घोषणा गरेको हो । महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ।

महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहयोगका लागि बिन वितरण गर्न लागिएको भनेको छ। ‘काठमाडौं महानगरपालिकाले घरबाट निष्कासन हुने कुहिने फोहोरलाई स्रोतमा वर्गीकरण गरी घरमा नै कम्पोस्ट मल बनाई फोहोर न्यूनीकरण कार्यमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्न सम्पूर्ण महानगरवासीलाई सूचित गरिन्छ’, सूचनामा भनेको छ, ‘साथै सो कार्य प्रोत्साहन गर्न सहुलियत दरमा कम्पोस्ट बिन काठमाडौं महानगरवासीलाई वातावरण तथा कृषि विभाग, टेकूबाट एक हजार ५ सय रूपैयाँमा उपलब्ध गराउने यसै सूचना मार्फत जानकारी समेत गराइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here