विश्वकप फुटबल आजदेखि फिल्म हलमा

Photo : Marca

काठमाडौं,२३ मंसिर । आजदेखि बिभिन्न सिनेमा हलहरुले विश्वकप फुटबल देखाइने भएको छ । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आजको पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ ।

काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्सले मिडिया हबसँग फुटबल देखाउने सहमति गरेसँगै टेलिभिजमा मात्र खेल हेरिरहेका दर्शकले अव ठूलो पर्दामा हेर्न पाउने भएका हुन् ।

वान सिनेमाज् मल्टिप्लेक्सले नयाँ बानेश्वरस्थित आइप्लेक्स मल र कालिमाटीस्थित हलमा फुटबल देखाउँदैछ । बुधबार बेलुका नै एड्भान्स बुकिङ खुला गरेको थियो ।

त्यसैगरी कमलपोखरीस्थित बिग मुभिजले सेमिफाइनल र फाइनल खेल देखाउने भएको छ । अर्को ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगुबस्थित ल्होत्से मल, पोखरा र चितवनस्थित सिनेप्लेक्सका हलबाट फुटबल देखाउने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here