फिल्म हलमा विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही

Photo : Marca

काठमाडौं, २३ मंसिर । फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचारप्रति चलचित्र विकास बोर्ड ध्यानाकर्षण भएको छ । सञ्चारमाध्यममा सो सम्बन्धी समाचार आएसँगै चलचित्र विकास बोर्डले त्यस बिषयमा सचेत गराएको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको बताए । साथै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी दिएका छन् ।

‘बिज्ञप्तिमा उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ,’ भनि उल्लेख गरिएको छ ।

बोर्डले नियमको पालना नगरे कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here