क्रोएसियासँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरियो, प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । क्रोएसिया फिफा विश्वकप फुटबल २०२२ को सेमिफाइनलमा पुगेको छ।

कतारको दोहास्थित एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिललाई ट्राइबेकरमा ४-२ गोलन्तरले पराजित गर्दै अन्तिम चारमा आफनो स्थान सुरक्षित गरेको हो।

ट्राइबेकरमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच र मिस्लाभ ओर्सिचले गोल गरे। ब्राजिलका लागि भने क्यासिमेरो र पेड्रोले गोल गर्दा रोड्रिगो र मार्क्विवन्होस पेनाल्टीमा गोल गर्नबाट चुके।

विश्वकपबाट बाहिरिएपछि प्रशिक्षक टिटेले राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१६ मा ब्राजिलको प्रशिक्षक बनेका टिटेले २०१९ मा ब्राजिललाई कोपा अमेरिका जिताएका थिए । उनले कतार विश्वकपपछि पद छाड्ने गत फेब्रुअरीमै घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here