अर्जेन्टिना र नेदरल्यान्ड्स फिफाको कारबाहीमा

काठमाडौं । फिफाले अर्जेन्टिना र नेदरल्यान्ड्सलाई कारबाही गरेको छ । सन् २०२२ को विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्सको खराब स्वभावपछि अनुशासनात्मक कारबाही गरेको हो ।

फिफाले आफ्नो अनुशासन समितिले अनुच्छेद १२ (खेलाडी र अधिकारीहरूको दुव्र्यवहार) र अनुच्छेद १६ मा (खेलहरूमा क्रम सुरक्षा)को सम्भावित उल्लङ्घनको कारण कारबाही गरेको जनाएको छ ।

डच फुटबल संघलाई फिफाको अनुशासन समितिले फिफा अनुशासन संहिताको धारा १२ को उल्लङ्घनको कारणले कार्यवाही खोलेको छ ।

दुवै पक्षकाबीच प्रतिश्पर्धात्मक खेलका क्रममा दुवैपक्षबीच हात हालाहाल भएको थियो । स्पेनिस रेफ्री एन्टोनियो माटेउ लाहोजले खेलमा १८ पहेँलो कार्ड देखाएका थिए । यो विश्वकपको इतिहासमा सर्वाधिक पहेँलो कार्ड रहँदै रेकर्ड बनेको छ ।

उक्त खेलमा नेदरल्याण्ड्सलाई पेनाल्टीसुटआउटमा हराएर अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here