काठमाडौंमा यसवर्षकै धेरै चिसो, न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ।

विहान साढे ६ बजे गरिएको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिए मौसम पूर्वानुमान महाशाखाको मापनमा उल्लेख गरिएको छ । त्यसैले बिहान काठमाडौंमा अत्यधिक चिसो महसुस गरिएको छ ।

आइतवारको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ ।

मौसम पूर्वानुमान महाशाखाले सोमवार बिहान ६ बजे २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ– तराईका केही भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here