महानगरको मैत्रीपूर्ण फुटबल: बालेनको टिमले खायो आधा दर्जन गोल

काठमाडौं । महानगर दिवसको अवसरमा आयोजित प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीचको मैत्रीपूर्ण फुटबलमा महानगरका मेयर बालेन्द्र शाहको टिम पराजित भएको छ ।

२८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन)को टिमले ६ गोल खाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको टिम विजयी भएको छ ।

११ प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट ६ र प्रमुखको तर्फबाट १ गोल प्रहार भएको थियो । नगर प्रहरीका प्रमुख राजु पाण्डे पनि सो टिमबाट खेलेका थिए ।

महानगरका करिब ५० जना खेलाडी फुटबलमा सहभागी थिए । मेयर बालेन्द्र शाह टिम कप्तान भए पनि उनी मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो ।

मेयर बालेन, उपमेयर सुनिता डंगोल, वडाअध्यक्ष र वडासदस्यहरू एकातर्फ र अर्कोतर्फ प्रमुख प्रशासकीय अधिकृत अधिकारीलगायत विभागीय प्रमुखहरूबीच प्रतिस्पर्धा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here