विश्वकप फुटबल : क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा

काठमाडौं । अर्जेन्टिना फिफा विश्व कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कतारको लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनल मेस्सीले १ गोल गरे ।

पहिलो हाफमै २-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको हो ।

अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो। सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो। 

अब फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्स र अफ्रिकी देश मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल खेल बुधबार राति हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here