मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

काठमाडौं । मोरक्कोलाई हराउँदै साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीवार कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक/एक गोल गरे ।

फ्रान्स चौथो पटक फाइनलमा पुगेको हो। सन् १९९८ र २०१८ मा दुई पटक विश्वकप उपाधि उचालेको फ्रान्स २००६ को फाइनलमा इटालीसँग पराजित भएको थियो।

लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाको लागि अर्जेन्टिनासँग खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here