ओरालो लाग्दै सुनचाँदीको भाउ

फाइलफोटो

काठमाडौं । सुन चाँदीको भाउ आजपनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बिहीवार सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ ।

बुधबार १ लाख १ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here