काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले सूचीकृत कम्पनीहरूका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव लगायतको नाममा रहेको शेयर कारोबार रोक्का गर्न निर्देशन दिएको छ ।
नेप्सेले बुधवार सबै सूचिकृत कम्पनीहरूलाई १५ दिन भित्र सञ्चालक,कार्यकारी प्रमुख,लेखा परीक्षक,कम्पनी सचिव लगायतको शेयर रोक्का राख्न निर्देशन दिएको हो ।
नेप्सेको निर्देशन अनुसार अब सूचीकृत कम्पनीहरुले संस्थाका सञ्चालक,कार्यकारी प्रमुख,लेखा परीक्षक,कम्पनी सचिव लगायतको सेयर सिडिएस एण्ड कृलियरिङ लिमिटेड मार्फत रोक्का राख्नु पर्नेछ।
‘धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८(१क) अनुसार सङ्गठित संस्थाको सञ्चालक,कार्यकारी प्रमुख,लेखा परीक्षक,कम्पनी सचिव वा सङ्गठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित सङ्गठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म,कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन,’ नेप्सले जारी गरेको निर्देशनमा भनिएको छ ।