नाफिजको अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १३ औं वार्षिक साधारण सभा र छैंठौं महासभामा सम्पन्न भएको छ । छैंठौं महासभाबाट अध्यक्षमा पुनः मोदनाथ ढकाल निर्वाचित भएका छन ।

बुधबार भएको निर्वाचनमा प्रतिस्पर्धी भुवन आचार्यलाई ८२ मतको भारी अन्तरमा पराजित गर्दै ढकाल अध्यक्षमा पुनः निर्वाचित भएका हुन ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सार्वजनिक अन्तिम मतपरिणाममा ढकालले १०५ मत प्राप्त गर्दा आचार्यले २३ मतमात्र प्राप्त गरे । यस्तै उपाध्यक्षमा मेनुका कार्की र परमेश्वर अधिकारी विजयी भएका छन ।

इन्द्र बानियालाई करिब दोब्बर मतले पराजित गर्दै उपाध्यक्षमा कार्कीले ९२ मत ल्याएका छन भने अधिकारीले ८२ मत प्राप्त गरेका छन । बानियाले ४९ मतमात्र प्राप्त गरेका छन ।

महासचिवमा नविन ढुंगाना निर्विरोध निर्वाचित भएका छन । सचिवमा दीपक भट्ट पनि सर्वसम्मत भएका छन । त्यस्तै कोषाध्यक्षमा दिलु कार्कीले पनि निर्विरोध निर्वाचित भएका छन ।

चार जना सदस्यमा राजाराम न्यौपाने, सविना कार्की, निकेश खत्री र विजय पराजुली विजयी भएका छन । राजाराम न्यौपानेले, ४८ मत, सविना कार्की ६७, निकेश खत्री ७५ र विजय पराजुली ७१ मत ल्याएर विजयी भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here