गुल्मी सिर्सेनी समाज रुपन्देहीले वार्षिकोत्सवका अवसरमा गर्‍यो रक्तदान

बुटवल, २ पुस । गुल्मी सिर्सेनी समाज रूपन्देही प्रथम वार्षिकोत्सवका अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ ।

विभिन्न सामाजिक कार्यक्रम गर्ने सिलसिलामा शनिबार बुटवलस्थित रक्त सन्चार सेवा केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको समाजले जनाएको छ ।

कार्यक्रममा समाजमा आवद्ध व्यक्तिबाट ६८ यूनिट रगत संकलन भएको समेत समाजले जानकारी दिएको छ ।

रक्तसन्चार सेवा केन्द्रका अध्यक्ष कृष्ण चौहानको प्रमुख आतिथ्य र समाजका अध्यक्ष भीष्म राज अर्याल को अध्यक्षतामा भएको कार्यक्रम महेन्द्र अर्यालले सञ्चालन गरेका थिए ।

रक्तदान कार्यक्रम आयोजना संयोजन आदर्श भट्टराईले गरेका छन् । समाजले आगामी १५ पुसमा गुल्मीको मदाने ३ सिर्सेनिमा निःशूल्क स्वास्थ्य शिविर समेत आयोजना गर्ने भएको छ । २३ पुसमा समाजले साधरणसभा गर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here