विश्वकप फुटबलको उपाधिका भिडन्त आज, तेस्रोपटक विश्व विजेता बन्ने दाउमा फ्रान्स र अर्जेन्टिना

काठमाडौं । कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आइतबार उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदै छ । 

कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् । अर्जेन्टिना र फ्रान्स तेस्रोपटक विश्व च्याम्पियन बन्ने दाउमा छन् । फ्रान्सले गत संस्करणमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो ।

त्यसअघि उसले १९९८ को विश्वकप ट्रफी हात पार्यो । त्यस्तै, तेस्रोपटक नै विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा ट्रफी आफ्नो नाममा गरेको थियो ।

विश्वकपको इतिहासमा अर्जेन्टिना छैटौँपटक फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिना यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो ।

फ्रान्स भने चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्सले यसअघि १९९८, २००६ र २०१८ को विश्वकप फाइनल खेलेको थियो । यसमध्ये फ्रान्सले १९९८ र २०१८ संस्करणको उपाधि जितेको थियो ।

त्कृष्ट लयमा रहेका यी दुई टिमबीचको उपाधि भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ ।

यसपटक उपाधि विजेता ४२ मिलियन अमेरिकी डलर अर्थात् करिब ५ अर्ब ४५ करोड रुपैयाँ पुरस्कार पाउनेछ । यो रकम सन् २१औँ संस्करणभन्दा ४ मिलियन अमेरिकी डलरले बढी हो । त्यस्तै, उपविजेता टिमले ३० मिलियन अमेरिकी डलर प्राप्त गर्नेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here