सफल निर्देशक प्रदीप भट्टराई, जसका चारवटै चलचित्रले ५१ औँ दिन मनाए

काठमाडौं । चलचित्र ‘महापुरुष’ले प्रदर्शनको गौरवमय ५१ औं दिन मनाएको छ । कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्रले शनिबार राजधानीसहित मोफसलका केही हलहरुमा प्रदर्शनको ५१ दिन मनाएको हो ।

प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको ‘महापुरुष’मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायतको अभिनय छ ।

प्रदर्शनको ५१ दिनसम्म आउँदा चलचित्रले नेपालमा करिब ११ करोड कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ । निर्देशक प्रदीप भट्टराईको ५१ औं दिन मनाउने ‘महापुरुष’ चौथो फिल्म हो ।

निर्देशक प्रदीप भट्टराईले हालसम्म निर्देशन गरेका चारवटै चलचित्रले हलमा ५१ दिन मनाउन सफल भएका हुन् । प्रदीपले निर्देशन गरेका ‘जात्रा’, ‘जात्रैजात्रा’, ‘शत्रुगते’ले पनि हलमा ५१ दिन मनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here