विश्वकप फुटबलको उपाधि अर्जेन्टिनालाई, साविक विजेता फ्रान्स पराजित

काठमाडौं । फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचालेको हो ।

लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचाल्यो ।

निर्धारित समय र अतिरिक्त समयमा ३-३ गोलको बराबरीमा खेल रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा अर्जेन्टिनाले ४-२ गोलअन्तरले जित निकालेको हो।

फ्रान्सका किलियन एम्बाप्पे र रान्डल कोलो मुअनीले गोल गर्दा किंग्सले कोमन र औरेलियन चोउमेनी पेनाल्टीमा चुकेका थिए। अर्कोतर्फ अर्जेन्टिनाका लियोनल मेस्सी, लिओनार्दो परेडेस, पाउल डिब्याला र गोञ्जालो मोन्टिएलले गोल गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here