सिमेन्ट तथा डण्डी निर्यातमा नगद अनुदान दिन परिपत्र , पैसा पाउन १५ दिन लाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ अनुसार अनुदान दिने प्रक्रिया अगाडि बढाउने निर्देशन दिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा सिमेन्ट तथा डण्डी निर्यात गर्दा नगद अनुदान दिने व्यवस्था गरेको थियो । सो अनुसारको वस्तु निर्यातमा दिइने अनुदानका लागि सम्बन्धित निकायलाई परिपत्र जारी गरेको हो ।

चालु वर्षको बजेटमा सरकारले थप ६ वस्तुको निर्यातमा अनुदान दिने व्यावस्था गरेको छ।

सो बमोजिम निर्यातको ८ प्रतिशतसम्म अनुदान दिने कार्यविधि राजपत्रमा छापिइसकेको छ। कार्यविधि अनुसार सोधभर्नाबाट उद्योगीले रकम प्राप्त गर्नेछन्।

यसअघि कागजात पुर्‍याएर निवेदन स्वीकृत भएको सात दिनभित्र रकम प्राप्त गर्ने व्यवस्था १५ दिनका लागि कायम गरिएको छ। रकम भुक्तानीका लागि अर्थमन्त्रालयले राष्ट्र बैंकलाई रकम उपलब्ध गराउनेछ।