काठमाडौं । सर्वकालीन महान् खेलाडीको सूचीमा समावेश भएका लियोनल मेस्सीलाई बीबीसी स्पोर्टस पर्सनालिटीज वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर २०२२ घोषित गरिएको छ।
बीसी वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर अवार्ड हरेक वर्ष विश्वस्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिन्छ।
फ्रान्ससँग भएको प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाको कप्तानी सम्हालेका मेस्सीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी दिलाएसँगै मेस्सीलाई स्पोर्टस पर्सनालिटीज वर्ल्ड स्पोर्ट स्टार अफ दी इयर घोषित गरिएको हो ।
३५ वर्षीया मेस्सी कतार विश्वकपमा गोल्डन बल जित्दै विश्वकप इतिहासमा नै दुईपटक गोल्डेन बल जित्ने खेलाडी बने भने विश्वकपमा सर्वाधिक खेल खेल्ने (२६ खेल) रेकर्डसमेत उनको नाममा छ।
























