जितको खुसीयाली मनाउन अर्जेन्टिनामा सार्वजनिक बिदा

काठमाडौं । अर्जेन्टिनाको राष्ट्रिय टिमले ३६ वर्षपछि विश्वकपको उपाधि जितेपछि त्यसको खुसी मनाउन मंगलबार सार्वजनिक बिदाको घोषणा गरिएको छ।

अर्जेन्टिनाको फुटबल संघका अनुसार अर्जेन्टिनाका मानिसहरुले मंगलबार ब्युनस आयर्सस्थित ओबेलिस्कमा विश्वकप जितेको खुसीयाली मनाउने कार्यक्रम छ। 

त्यसकै लागि सरकारले मंगलबार राष्ट्रिय बिदाको घोषणा गरेको हो। उसले यो देशका लागि सर्वाधिक खुसीको क्षण भएको भन्दै अर्जेन्टिनाले सबैलाई खुसी मनाउनका लागि स्वतन्त्र तरिकाले फुर्सद मिलोस् भन्नका लागि राष्ट्रिय बिदाको घोषणा गरिएको जनाएको छ।

३६ वर्षपछि उपाधि जितेको टोली मंगलबार बिहान अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ। 

अर्जेन्टिनाको टोलीका कप्तान लियोनेल मेस्सीले भनेका छन्, ‘म अर्जेन्टिना गएर मानिसहरुसँग खुसी साट्नका लागि व्यग्र प्रतीक्षामा छु।’ 

अर्जेन्टिनाले विश्वकप फुटबलको रोमाञ्चक फाइनलमा निर्धारित र अतिरिक्त समय ३-३ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४-२ ले जितेको थियो। अर्जेन्टिनाले तेस्रो पटक विश्वकप ट्रफी हात पारेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here