विश्वकप ट्रफी बोकेर स्वदेश पुग्यो मेस्सीकाे टिम अर्जेन्टिना, लाखौँ समर्थकमाझ खुसीयाली साट्दै (तस्बिर र भिडियो)

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वकप ट्रफी बोकेर स्वदेश पुगेका छन्।

विशेष जहाजबाट स्थानीय समय अनुसार मंगलबार बिहान करिब ३ बजे मेसी नेतृत्वको टोली राजधानी ब्युनर्स आयर्स पुगेको हो।

लामाे समयपछि देशले जितेकाे विश्वकपकाे उपाधि हेर्न र टिमलाई स्वागत गर्न एजेजा अन्तर्राष्ट्रिय विमानस्थलमा हजाराैं समर्थककाे घुइँचो लागेकाे थियाे।

राजधानीका सडकमा लाखौं प्रशंसक भेला भएर राष्ट्रिय हिरोहरूलाई सम्मान गरिरहेका छन्।

मिडिया एजेन्सी तेलामका अनुसार टोलीले पहिले अर्जेन्टिना फुटबल संघको प्रशिक्षण मैदानमा समर्थकमाझ रात बिताउनेछ।

आइतबार कतारकाे लुसेल स्टेडियममा भएको फाइनलमा साबिक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४-२ ले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेकाे थियाे।

अर्जेन्टिनाले विश्वकप जितेकाे याे तेस्राे पटक हाे भने स्टार खेलडी मेस्सीकाे याे पहिलो विश्वकप उपाधि हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here