फेरि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदीको भाउ फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला एक लाख ४ सय रुपैयाँ रहेको छापावाल सुनलाई बुधबार एक लाख एक हजार २ सय रुपैयाँ पर्नेछ ।

त्यस्तै, यसअघि प्रतितोला ९९ हजार ९ सय रुपैयाँ रहेको तेजावी सुनलाई बुधबार एक लाख ७ सय रुपैयाँ पर्ने महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । यसअघि प्रतितोला एक हजार २७५ रुपैयाँ रहेको चाँदीलाई आज एक हजार ४०० रुपैयाँ पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here