झिनो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ६ पुस । शेयर बजार झिनो अंकको घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ५.८९ अंकले घटेर १८७३.११ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २५२ कम्पनीको ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँ बराबरको २४ लाख ४० हजार ३०७ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये बैंकिङ समूह बढेको छ भने अन्य सबै घटेका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । मंगलवार ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

झिनो अंकले बढेको बजारमा तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला, र सिर्जनशिल लघुवित्त कम्पनीको शेयरमूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ । इष्र्टन हाइडोको शेयर मूल्य ९८५ प्रतिशतले बढेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंकको शेयर कारोबार भएको छ । यसको आज ११ करोड ८२ लाख भन्दा बढीको कारोबार भएको छ ।

नबिल बैंकको ३ करोड ९५ लाख र शिवम् सिमेन्ट ३ करोड ८५ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here