एकै ठाउँमा देखिए ओली–प्रचण्ड र झलनाथ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एकै ठाँउमा देखिएका छन् ।

बुधबार राष्ट्रपति निवासमा प्रतिनिधिसभाका विजयी ज्येष्ठ सांसद पशुपति शमशेर जबराले शपथ लिने क्रममा एकै ठाउँमा देखिएका हुन् । एउटा तस्वीरमा प्रचण्डलाई बीचमा राखेर ओली र खनालबीच कुराकानी भएको देखिन्छ ।

उनीहरूबीच सामान्य भलाकुसारी भएको थियो । संसदीय दलको नेता निर्वाचित भएकोमा प्रचण्डले ओलीलाई बधाई दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here