सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा, चाँदी पनि उक्लियो

काठमाडौं, ७ पुस । नेपाली बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । लगातार उकालो लागेको सुन बिहीबार यो बर्षकै उच्च बिन्दुमा पुगेको हो । । आज सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढ्न थालेपछि स्थानीय बजारमा पनि मूल्य उकालो लागेको हो। यो अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले बढी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार सुन तोलाको ८ सय रुपैयाँले बढेर १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको छ ।

चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला १४ सय ५रुपैयाँ प्रतितोला कायम भएको छ। बुधबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here