राजेन्द्र लिङ्देन भन्छन्– ‘हामी प्रतिपक्षमा बस्छौं, कांग्रेस र एमाले मिलेर सरकार बनाउन्’

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकार निर्माणको दौडमा नरहेको बताएका छन्।

सांसदमा शपथ ग्रहण लगत्तै लिङ्देनले सरकार बनाउने विषयमा राप्रपाको कुनै चासो नरहेको बताएका हुन्।

संसदमा सपथपछि प्रतिक्रिया दिँदै उनले राप्रपा प्रतिपक्षमा बस्ने तयारीमा रहेको बताए। उनले भने, ‘हाम्रो चाहना कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहना छ।

स्थायी सरकार हुन्छ। ५ वर्ष ढुक्कै हुन्छ। हामी प्रतिपक्षमा बस्छौं।’

सत्ता गठबन्धनकै सरकार हुँदा पनि आफूलाई आपत्ति नरहेको लिङ्देनको भनाइ छ। आफू भने प्रतिपक्षकै लागि तयारी गरिरहेको उनले उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here