शनिवार नेपालमै पहिलो ‘किड्स एक्स्पो’ आयोजना गर्दै आईएमएस ग्रुप

काठमाडौं । आईएमएस ग्रुपले शिशु र बालबालिकाहरुको लागि नेपालको पहिलो र सबैभन्दा ठूलो किड्स एक्स्पो आयोजना गर्ने भएको छ। नक्सालमा रहेको राई स्कुलमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बालबालिकाको लागि एक्स्पो हुन लागेको हो ।

एक्स्पोमा अन्तराष्ट्रिय र राष्ट्रिय ब्रान्डहरु जस्तै डा.ब्राउन, क्रेन, क्रेन बेबी, बिबिलव, ड्रीमबेबी, हिमालया, पाराकिटो, स्मार्टडोको, किको, सी.जी फूड्स, मामा अर्थ, बेबी ट्री,चोकोफन,कोजी लाउन्ज वेयर, स्विमसुइट नेपाल, किड्जको, फन स्टेशन, कृष्णा पौरोटी भण्डार र अन्य धेरै ब्राण्डहरुको स्टल प्रदर्शनमा रहने आयोजकले जानकारी दिएको छ ।

एक्स्पोमा अभिभावक र बच्चाहरुले विभिन्न स्टलहरुबाट सामान किनमेल गर्न, स्वादिष्ट खानाहरु खान, विभिन्न खेलहरुका मजा लिन साथ साथै लक्की ड्र मा सहभागी भई पुरस्कारहरु जित्ने मौका पाउन सक्ने बताइएको छ ।

किड्स एक्स्पोमा सेलिब्रिटीआमाहरु जस्तै प्रियंका कार्की, जेनिसा मोक्तान, रीचा शर्मा र श्वेता खड्का आफ्ना बच्चाहरुसँग उपस्थित हुने आयोजकले बताएको छ ।

आयोजकको अनुसार एक्स्पोमा भिजिटरहरूले २५० रुपैयाँको टिकट खरिद गरी १३ वर्षभन्दा मुनिका बच्चाहरुसँग नि:शुल्क प्रवेश पाउनेछन् ।

भिजिटरहरूले ई-सेवाबाट अनलाइनमा टिकटहरु खरिद गर्नुको साथै आईएमएस लिटिल स्माइल्स शोरूमहरु, राई स्कूल, किड्ज र गुडफेलास मार्फत टिकटहरु लिन सक्ने आयोजकले बताएको छ ।

किड्स एक्स्पोको आईएमएस ग्रुप टाइटल स्पोन्सर र स्मार्टडोको अनलाइन पार्टनर रहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here