केएफसीको पन्ध्रौं शाखा काठमाडौं मलमा

काठमाडौं, ७ मंसिर । अन्तरराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा पन्ध्रौ शाखा बिस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन काठमाडौं मलमा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रालिले नेपालकै पहिलो केएफसी फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याएको हो ।

केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा केएफसिका बिभिन्न चिकेनको परिकार जस्तै हट एण्ड क्रिप्सी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्राइपलगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । नयाँ शाखा सञ्चानल संगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ बर्षको उपलक्षमा केएफसी सेलिब्रेसन मिललगायत नयाँ अफर समेत ल्याएको छ ।

यस रेष्टुरामा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनीगरी द्रुत सेवा समेत लिन सकिने बताइएको छ । हरेक ग्राहकले कस्टुमर डिस्प्लेबाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ्ग गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

२३४० वर्ग फिट मा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ७० जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल विहान ९ बजे बाट रातको ९ बजे सम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ ।

साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ । यस रेष्टुराले १५ जना लाई प्रत्यक्ष रोजगारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here