‘चाहान्छु ३’को फिमेल भर्सन सार्वजनिक,बरुण अधिकारी र गुरास ढकालको अभिनय (भिडियो)

काठमाडौं । सरोज पोखरेलको ‘चाहान्छु ३’ को म्युजिक भिडियोको फिमेल भर्सन सार्वजनिक भएको छ । यसको फिमेल भर्सनमा गायिका रचना रिमालले स्वर दिएकी छिन् । गीत पोखरेलको यूवटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतमा शब्द र संगीत पोखरेल आफ्नै रहेको छ भने मनदिप रानाको निर्देशनमा बनेको म्युजिक भिडियोमा बरुण अधिकारी र गुरास ढकालको अभिनय रहेको छ । गीतको छायांकनपक्ष उत्कृष्ट छ । निर्देशकले बरुण अधिकारी र गुरास ढकालको जोडीलाई आकर्षक तरिकाले फिचरिङ गरेका छन् ।

कलाकार बरुण अधिकारी एक दशकसम्म नेपाली हास्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशन समेत गरिसकेका चर्चित व्यक्ति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here