करण राईले जिते ‘द भ्वाइस अफ नेपाल’को चौथो उपाधि

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’को उपाधि करण राइले जितेका छन् ।

शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २५ लाख रूपैयाँसहित ‘द भ्वाइस अफ नेपाल’ सिजन-४ को उपाधि जितेका हुन् ।

करणले टिम राजुबाट प्रतिस्पर्धा गरेका थिए। टिम राजेश समूहबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन्।

यस्तै टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप हुँदा टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बने।

यसअघि सिजन–१ मा कोच दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, सिजन-२ मा टिम प्रमोदबाट राम लिम्बु र सिजन ३ मा पनि टिम प्रमोदबाट नै किरण गजमेरले ‘द भ्वाइस अफ नेपाल’को उपाधि जितेका थिए।