पीएसजीसँगको सम्झौता नविकरण गर्न मेस्सी सहमत

एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बीबीसीका अनुसार ३५ वर्षीय मेस्सीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् ।

कतार विश्वकप जितेपछि मेस्सी यतिबेला अर्जेन्टिनामै छन् मेस्सीले जुनमा सम्झौता गर्ने बुझिएको छ । खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे । 

मेस्सी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए । यसै सिजन मेस्सीको सम्झौता सकिँदै छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here