लोमस प्यारेन्टेरल्स्को पारासिटामोल गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले लोमस प्यारेन्टेरल्स्को पारासिटामोल विक्री-वितरणमा रोक लगाएको छ ।

विभागले एक सूचना जारी गर्दै लोमस ले उत्पादन गरेको औषधि गुणस्तरहीन भएका कारण तत्काल विक्री–वितरणमा रोक लगाएको जानकारी दिएको हो ।

लोमस प्यारेन्टेरल्स् एण्ड फर्मुलेसन प्रालिद्वारा उत्पादित पाराहिम (पारासिटामोल इन्फ्युजन आईपी)को ब्याच नम्बर ए२६डब्लूएक्स ००१ बिक्रीमा रोक लगाएको हो ।

सो ब्याचको औषधि प्रयोगशाला परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । साथै बजारमा हाल रहेको सो ब्याचको औषधि तुरुन्त फिर्ता गर्न र प्रयोगसमेत नगर्न नगराउन विभागले सबैमा सूचित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here