‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को विजेतालाई १ करोड पुरस्कार

काठमाडौं । रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को शोको विजेताले १ करोड पुरस्कार पाउने भएका छन् ।

काठमाडौँमा आयोजित कार्यक्रमबीच दुबै शोको घोषणासहित निर्णायकहरुको नाम सार्वजनिक कार्यक्रममा उक्त पुरस्कार राशी घोषणा गरिएको हो ।

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गर्न लागेको दुवै शोका विजेताले १ करोड नगद पुरस्कार पाउने बताइएको छ।

त्यसैगरी, फस्ट रनर अपले ३० लाख र सेकेन्ड रनर अपले २० लाख पुरस्कार पाउनेछन्। नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै धनराशी हुने शो भएको आयोजकको दाबी छ।

मेरो भ्वाइस युनिभर्सको निर्णायकमा सुरेश अधिकारी, शिव परिवार, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता वर्मा र सुनिता थेगिम रहेका छन्।

त्यसैगरि, मेरो डान्स युनिभर्सको निर्णायकमा मिथिला शर्मा, प्रियंका कार्की, दिलीप रायमाझी, केकी अधिकारी, शंकर बिसी र नर्मन राई छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here